शिवश्री हाइड्रोपावर र सिटी होटललाई हकप्रद शेयर जारी गर्न बोर्डबाट स्वीकृत
काठमाडौं । दोस्रो बजारमा सूचीकृत दुई कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएका छन् । बोर्डबाट शिवश्री हाइड्रोपावर र सिटी होटलले हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएका हुन् ।
यी दुबै कम्पनीले बोर्डबाट साउन ४ गते आइतबार बोर्डबाट अनुमति पाएका हुन् । नेपाल धितोपत्र बोर्डबाट शिवश्री हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृती पाएको हो । शिवश्री हाईड्रोवारको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल रहेको छ ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट सिटी होटलले एक कित्ता बराबर ०.०८० प्रतिशत हकप्रद शेयर जारी गर्ने स्वीकृति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँकाे एक करोड ३३ हजार ९२ लाख कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा निष्काशन गर्ने भएको हो । सिटी होटलको हकप्रद बिक्री प्रबन्धकमा प्रभू क्यापिटल रहेको छ ।
