इन्फिनिक्सको नयाँ स्मार्टफोन ‘हट ६० आई’ नेपाली बजारमा सार्वजनिक
काठमाडौं – इन्फिनिक्स नेपालले नयाँ स्मार्टफोन ‘HOT 60i’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
“The BABAAAL Phone” भन्ने नारासहित आएको यो फोन उत्कृष्ट डिजाइन, नयाँ फिचर र पहुँचयोग्य मूल्यका कारण चर्चामा छ। HOT 60i को सुरुवाती मूल्य रु. १४,९९९ राखिएको छ।
स्टाइल, पर्फर्मेन्स र ब्याट्रीको उत्कृष्ट मिश्रण भएको यस फोनले नेपाली युवाहरूमाझ विशेष चर्चा पाइरहेको छ। फोनमा Helio G81 चिपसेट, 45W फास्ट चार्जिङ, 5160mAh ब्याट्री, स्टाइलिस ट्रिपल क्यामेरा, र 7.7mm स्लिम बडी जस्ता आकर्षक फिचरहरू छन्।
कम्पनीका अनुसार, ब्याट्री ५ वर्षसम्म टिक्ने क्षमता राख्छ भने प्रोसेसर ४८ महिनासम्म स्मूद पर्फर्मेन्स दिन सक्षम छ। Infinix HOT 60i 4GB RAM + 128GB स्टोरेज – रु. १४,९९९ 6GB RAM + 128GB स्टोरेज – रु. १५,९९९ गरी दुई भेरियन्टमा उपलब्ध छ
देशभरका सबै इन्फिनिक्स आधिकारिक स्टोरहरूमा यो फोन उपलब्ध छ। यो फोन तपाईंको energy र lifestyle सँग मेल खान आउने किसिमको स्टाइलिश र स्मार्ट डिभाइस भएको कम्पनीको दाबी छ
फोन खरिद गर्दा १८ महिनाको वारेन्टी र १०० दिनभित्र एकपल्ट निःशुल्क स्क्रिन चेन्ज (पानी क्षति बाहेक) सुविधा पनि दिइएको छ।

