कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं। कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघका पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गरे ।
शिष्टाचार भेटका क्रममा संघकी अध्यक्ष श्रीमती ब्लेसी ढकालले महामहिमप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै संघप्रति निरन्तर साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गरिन । उनले कतार दूतावासलाई “संघका मित्र“ को रूपमा सम्बोधन गर्नुहुँदै, विगतदेखि कायम रहेको आपसी मित्रता र सद्भावप्रति सम्मान प्रकट गरिन।
भेटघाटका क्रममा राजदूत अल–अन्सारीले कतार च्यारिटीले नेपालमा सञ्चालन गरिरहेको सामाजिक सेवाका पहलहरूबारे जानकारी दिए । उनले कतारी जनताको तर्फबाट नेपाली समुदायप्रति समर्पित सेवाका प्रतिबद्धता उल्लेख गरे ।
मैत्रीभाव र आपसी सम्मानमा आधारित उक्त भेटमा दुबै पक्षले भविष्यमा सहकार्य गर्न सकिने सम्भाव्य क्षेत्रहरूबारे छलफल गर्नुका साथै आपसी सम्बन्ध अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाली–फिलिपिनी संघ (ल्ँब्) नेपालमा दर्ता भएको एक गैरसरकारी संस्था हो, जसले नेपालमा बसोबास गर्ने फिलिपिनी समुदायको हकहितमा काम गर्दै आएको छ। साथै, नेपाल र फिलिपिन्सबीचको आपसी सम्बन्ध प्रवद्र्धन गर्न संघले विविध सांस्कृतिक, सामाजिक तथा सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।