सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकार र व्यवसायीबीच कार्यदल बनाउने सहमति
आन्दोलनरत सुनचादी व्यवसायी र सरकारबीच सहमति भएको छ । विहीबार सुनचाँदी व्यवसायी र अर्थ मन्त्रालयका पदाधिकारी बैठकमा आन्दोलन स्थगित गर्ने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बताए ।
अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा बोलाइएको बैठकमा सुनचाँदी महासंघ र आन्दोलनरत सुनचाँदी व्यवसायीको उपस्थिति थियो ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकिएको थिएन ।
छलफलमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका एक सहसचिवले आन्दोलन गरेर जाँदा समस्या समाधान समस्या समाधानधका लागि कार्यदल बनाउने र के गर्दा व्यवसाय गर्न सहज हुन्छ त्यसरी अघि बढाउने सरकारले बताए पनि सुनचाँदी व्यवसायी आन्दोलन रोक्न राजी भएका हुन् । बजेटमा ल्याइएको २ प्रतिशत विलासिता कर र भ्याट खारेजी व्यवसायीको मुख्य माग थियो । यो सँगै विगत २८ दिनसम्म बन्द रहेका सुनचाँदी पस आजदेखि खुल्ने शाक्यले बताए ।
