एनएमबी बैंकले शुरु गर्यो ‘हामी देख्छौ अपार संभावना’ अभियान, अवशरलाई सफलतामा परिणत गराउने |
काठमाडौं । एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणासहित नयाँ कर्पोरेट अभियान शुरु गरेको छ । बैंकले दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्यमान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आफूलाई फरक बैंकको रूपमा प्रस्तुतगर्दै आएको जनाएको छ ।
‘हामी देख्छौं अपार संभावना’ को अवधारणाले यदि कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने सतहभन्दा टाढाका अवसरहरू देख्न सक्ने प्रयासको सकारात्मक अर्थलाई बिम्वित गर्दछ ।
यसले आत्मविश्वासको भावना उत्पन्न गर्ने प्रयास गर्छ, यस मार्फत् बैंकले मुलुकको असीमित स्रोत साधनको उपयोग गर्नमा सहायता गर्नेछ । यसको माध्यमबाट सामान्य मानिसलाई सफल तुल्याउन सहयोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
एनएमबीसँग प्राप्त अवसरहरुलाई सशक्त बनाउने र जे साधारण देखिन्छ त्यसभन्दा अगाडी देख्ने ऐतिहासिक सामथ्र्य रहदै आएको जनाइएको छ ।
हामी दृष्टिगोचर भन्दा अगाडी देख्नमा विश्वास राख्दछौं र त्यो नै हाम्रो सफलताको लागि उत्प्रेरक बन्ने गरेको छ, विज्ञप्तिमा भनिएको छ, यो अभियानले हामी सबै नेपालीहरुका लागि नेपालमा प्रशस्त अवसरहरु छन् र एनएमबि ती अवसरहरुलाई सफलतामा परिणत गराउनका लागि सहायता गर्न तत्पर छ भनी सम्पूर्ण सरोकारवालाहरुलाई आश्वस्त तुल्याउन चाहन्छौं ।”



