बन्दीपुर केबलकारले पायो आइपीओ जारी गर्न अनुमति
काठमाडौं । नेपाल धिताेपत्र बाेर्डले बन्दीपुर केबलकार एन्ड टुरिजमलाई आइपीओ जारी गर्न अनुमति दिएको छ। बिहीबार बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्न बाेर्डले अनुमति दिएको हो।
बन्दीपुर केबलकारले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर जारी गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
