बोटलर्स नेपाल लिमिटेड पुन “बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८” जित्न सफल |
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले कोका–कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई “बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८” को रनर अप अवार्डबाट सम्मानित गरेको छ ।
२०१८ को वार्षिक रिपार्टको प्रस्तुतीमा सबै क्षेत्रमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो । आईक्यानले होटल ¥याडिसनमा आयोजना गरेको यो अवार्ड अर्थमन्त्री युवराज खतिवडाले बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर सुमित गोयल तथा बोटलर्स नेपालका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका छन् ।
बोटलर्स नेपाल लिमिटेडले विगत ४ वर्षदेखि निरन्तर “बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड” जित्दै आइरहेको छ । बोटलर्स नेपाल लिमिटेडले सन् २०१५, २०१६ र २०१७ मा क्रमशː सेकेन्ड रनर अप, फस्ट रनर अप तथा विजेताको अवार्ड जित्न सफल भएको थियो । यस जितलाई निरन्तर कायम राख्दै बोटलर्स नेपाल लिमिटेड आफ्नो कार्यलाई पारदर्शिता बनाउन र कर्पोरेट गभर्नेन्स पालना गर्न प्रतिबद्ध रहेको बताएको छ ।


