सुनको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । असार १८ गते, बुधबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यसदिन सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आजको बजारमा चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला दुई हजार १४५ रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५५ रूपैयाँमा कारोबार भएको थियो ।