जीवन बिमा कम्पनीहरुको खुद बिमा शुल्क संकलन १ खर्ब ५५ अर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिना अर्थात जेठ मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले डेढ खर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् । १४ वटा जीवन बिमा तथा ३ लघु जीवन बिमा कम्पनीहरुले जेठ मसान्तसम्ममा कुल १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
बिमा प्राधिकरणको तथ्यांक अनुसार जेठसम्ममा १४ जीवन बिमा कम्पनीले वैदेशिक रोजगार बाहेकको प्रथम बिमा शुल्क ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ संकलन गरेका छन् । यस्तै, वैदेशिक रोजगार बिमा शुल्क २ अर्ब ७५ करोड २० लाख तथा नवीकरणबापत १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।
यता, ३ वटा लघु जीवन बिमा कम्पनीहरुले ६३ करोड ६० लाख रुपैयाँ प्रथम बिमा शुल्क, ४४ करोड ५ लाख वैदेशिक रोजगार बिमा शुल्क तथा नवीकरणबापत २ करोड १६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । लघु जीवन बिमकले ११ महिनामा कुल १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
जेठ मसान्तसम्म बिमा शुल्क संकलनको हिसाबले नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसले ४१ अर्ब २ करोड रुपैयाँ बढी बिमा शुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको नेसनल लाइफले १८ अर्ब ९० करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रामा एलआइसी नेपालले १७ अर्ब २४ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।
यता, प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठमा मात्रै १४ वटा जीवन बिमा कम्पनीहरुले १ खर्ब ६१ अर्ब ६९ करोड ४६ लाख रुपैयाँ बिमांक रकम बराबरको ४ लाख ३६ हजार ९७५ वटा बिमा लेख बिक्री गरेका छन् । यस्तै, ३ वटा लघु जीवन बिमा कम्पनीहरुले जेठमा मात्रै १३ अर्ब ८१ करोड ४५ लाख रुपैयाँ बिमांक रकम बराबरको १ लाख २ हजार ९३८ वटा बिमा लेख जारी गरेका छन् ।