गुल्मीमा पहिरोमा परी ६ जनाको मृत्यु, ५ बेपत्ता |
काठमाडौं । आज विहान गएको पहिरोमा परी गुल्मीमा ६ जनाको मृत्यु भएको छ भने पाँच बेपत्ता भएको खबर छ । गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा पहिरोले घर बगाउँदा ६ को मृत्यु र ५ बेपत्ता भएका हुन् ।
स्थानीय ३० वर्षिय तिलकुमारी तरामु र उनका १० वर्षिय छोरा दर्शन तरामुको मृत्यु भएको छ । त्यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन्। उता सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउँदा चार जनाको शब फेला परेको बताइएको छ । प्रहरीले ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको जनाएको छ ।



