२ म्युचुअल फन्डलाई साढे १ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री गर्ने अनुमति

काठमाडौं । एनआइसी एसिया क्यापिटलले १ अर्ब रुपैयाँ र सिटिजन्स क्यापिटलले ५० करोड रुपैयाँ बराबरको खुलामुखी म्युचुअल फन्ड योजना बिक्री गर्न अनुमति पाएका छन् ।
नेपाल धितोपत्र बोर्डले एनआइसी एसिया क्यापिटललाई ‘एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्कीम’ को १० करोड इकाई र सिटिजन्स क्यापिटललाई ‘सिटिजन्स सदाबाहार योजना’को ५ करोड इकाई बिक्री गर्न अनुमति दिएको हो ।
प्रतिइकाई १० रुपैयाँको दरले म्युचुअल फन्डहरुको इकाई बिक्री हुनेछ ।