नेसनल लाइफ इन्सुरेन्सको साधारण सभा आज, लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सको लाभांशसहितका प्रस्ताव पारित गर्न आज असार ५ गते साधारण सभा बस्दैछ । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
सभामा सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै, कर प्रयोजनका लागि थप ०.७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने पनि कम्पनीले जनाएको छ । यस्तै, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गरिसकेको छ ।
जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।