यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असार ४ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ २९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ६९ पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा र खरिददर १३७ रुपैयाँ ४१ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा रहेको छ भने खरिददर १५९ रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा खरिददर १८६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५६ पैसा र खरिददर ९ रुपैयाँ ५२ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ०२ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने १०१ रुपैयाँ ५२ पैसा र बिक्रीमा १०१ रुपैयाँ ९६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
