शान्ति र विकासका लागि धार्मिक समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजित

ललितपुर । राजनीतिक परिस्थितिको पृष्ठभूमिमा आज विभिन्न दलका प्रितिनिध, अभियन्ता, सञ्चारकर्मी लगायत विज्ञहरूका माझमा शान्ति र विकासका लागि धार्मिक समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । ललितपुर जावलाखेल स्थिति थासाङ होटेलमा आयोजित उक्त कार्यक्रममा दक्षिण कोरियाबाटको अनुभव र इतिहास समेट्दै प्रस्तोता धर्मसेवक खानले सही सत्य नैतिक धार्मिक आस्थाको कारण नै दक्षिण कोरिया आधा शताब्दीभित्रमै अति विपन्न अवस्थाबाट सम्पन्न बन्दै विज्ञान प्रविधि र अनुकरणीय नैतिक उदाहरण बनेको प्रस्ट्याएका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन मुरारी प्रसाद पाण्डेले गरेका थिए भने धर्मसेवक खानको कार्यपत्रमाथि क्रमशः जनजागरण पार्टीका अध्यक्ष डा. विपी खनाल, समाजसेवी शान्ता सापकोटा, पहिचानवादी नेता खगेन्द्र माखिम, नेकपा माओवादी केन्द्रीय सदस्य तथा पूर्व सम्विधानसभा सभासद विनोद पहाडी, नेपाली कंग्रेस केन्द्री समिति सदस्य तथा पूर्व साम्सद लक्ष्मी परियार, संयुक्त नागरिक पार्टीका अध्यक्ष दल मर्दन कामी, संयुक्त नागरिक पार्टीका वरिष्ठ नेता कमला देवी हेमचुरी, अधिवक्ता बसन्त सापकोटा, क्रिश्चियन मिडिया सोसाइटीका अध्यक्ष विश्वास थापा, तथा सनापाका सल्लाहकार डा ऋषि रिमालले टिप्प्णीसहित धर्म निरपेक्षता तथा पूर्ण धार्मिक स्वतनत्रता, सम्वैधानिक प्रावधान, धार्मिक समुदायले खेल्नुपर्ने अझै सक्रिय भूमिका, साँचो एकत्वको भाव सहितको एकता लागयत जोड दिएका थिए ।
एसडिए चर्च नेपालका केन्द्रीय अध्यक्ष डा शैलेस दिनदयालको विषयवस्तु प्ररिचयात्मक सम्बोधन रहेको उक्त कार्यक्रममा एसडिए बागमती प्रदेश अध्यक्ष रेभ. शमुएल शर्माले सुरूवाती प्रार्थना र एसडिए बागमती प्रदेश महासचिव पा. कृष्ण केसीले स्वागत मन्तव्य दिएका थिए ।