पाँचौं हिमालयन ट्राभल मार्ट हिमाल, उपलव्धिहरू र पर्यटनको गतिको उत्सवको रुपमा भब्यताका साथ सम्पन्न

काठमाडौ । हिमालयन ट्राभल मार्ट (HTM 2025) को पाँचौं संस्करण विश्व पर्यटन समुदायका ३० मुलुकहरुबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरू र नेपाली पर्यटन क्षेत्रका प्रतिनिधिहरु तथा सरोकारवालाहरु सहित ७०० भन्दा बढी प्रतिनिधिहरूलाई सहभागिता गराउंदै व्यापक प्रशंसा र उल्लेखनीय सफलताका साथ काठमाडौंमा सम्पन्न भएको छ।
“माउन्टेन, माइलस्टोन्स एण्ड मोमेण्टम” भन्ने मूल नाराका साथ HTM 2025 ले पाटा नेपाल च्याप्टरको ५० औं वार्षिकोत्सवको बिशेष अवसर प्रतिबिम्बित गर्नुका साथै दिगो पर्यटन वृद्धिको लागि अन्तर्राष्ट्रिय पर्यटन सहकार्य, प्रवर्द्धन, र दिगो पर्यटन वृद्धिका लागि नयाँ मापदण्डहरू समेत स्थापित गरेको छ।
यही जुन ३ देखि ५ सम्म द सोल्टी काठमाडौंमा आयोजित हिमालयन ट्राभल मार्टले अन्तर्राष्ट्रिय क्रेताहरु, बिक्रेताहरू, संचारकर्मी, पर्यटन व्यवसायी, नीतिनिर्माता र सरोकारवालाहरूको भव्य जमघट सहित उत्साहजनक सहभागिताले HTM लाई हिमाली क्षेत्रकै प्रमुख ट्राभल ट्रेड प्लेटफर्मको रूपमा पुनः पहिचान गराएको छ र नेपाललाई “Gateway to the Himalayas” को रूपमा सथापिता गर्ने अभिभारालाई अझ सशक्त बनाएको छ।
पाटा नेपाल च्याप्टरद्वारा नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका साझेदारहरूको सहकार्य र सहयोगमा आयोजित हिमालयन ट्राभल मार्टले व्यवसायिक अन्तरक्रिया, ज्ञान आदानप्रदान सत्र, नेटवर्किङ, गन्तव्य अवलोकन भ्रमण, र सांस्कृतिक कार्यक्रमहरूको समृद्ध संयोजन प्रस्तुत गर्यो।
उद्घाटन समारोह
कार्यक्रमको औपचारिक उद्घाटन मंगलवार, २०२५ जुन ३ तारेखका दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेद्वारा द सोल्टी काठमाडौंमा सम्पन्न भयो। प्रमुख वक्ताको रूपमा मन्त्रीले नेपाललाई “Gateway to the Himalayas” को रूपमा परिचित गराउँदै PATA नेपालको स्वर्ण जयन्ती र माउण्ट अन्नपूर्णाको पहिलो सफल आरोहणको ७५औं वार्षिकोत्सव जस्ता दुई ऐतिहासिक उपलव्धिहरूको चर्चा गरे। साथै, दिगो, समावेशी, र लचिलो पर्यटन भविष्य निर्माणका लागि सरकारको प्रतिबद्धता र सार्वजनिक-निजी साझेदारी तथा विश्वव्यापी सहकार्यको आवश्यकता औंल्याए। उनले नेपाली कलाकारहरूको सांस्कृतिक प्रस्तुतिको प्रशंसा गर्दै, HTM लाई पर्यटन प्रवर्द्धन मात्र होइन, सांस्कृतिक संरक्षणप्रति प्रेरणा दिने मञ्चको रूपमा पनि सराहना गरे।
पाटा नेपाल च्याप्टरका अध्यक्ष श्री खेम लाकाईंले सबै अतिथिहरूलाई स्वागत गर्दै नेपाललाई वर्षभर भ्रमणयोग्य गन्तव्यको रूपमा प्रवर्धन गर्न सकिने र सो स्थापित गर्नका लागि क्षेत्रीय सहकार्यको आवश्यकता औंल्याए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दीपक राज जोशीले नेपालको दिगो पर्यटन दृष्टिकोण र अन्तर्राष्ट्रिय पर्यटकका लागि नयाँ परिपथ र विशेष अनुभव विकास गर्ने योजनाहरू प्रस्तुत गरे।
वरिष्ठ पर्यटन व्यवसायी तथा के जी एच ग्रुप अफ होटल्स का संस्थापक श्री कर्ण शाक्यले “हिमाल, उपलव्धिहरू र गति” भन्ने मूल विषयमा आधारित प्रेरणादायक वक्तव्य दिँदै नेपालको पर्यटन विकास यात्राको गहिरो विश्लेषण प्रस्तुत गरे। त्यसैगरी, पाटा नेपालका निवर्तमान अध्यक्ष श्री विभूति चन्द ठाकुरले धन्यवाद ज्ञापन गर्दै HTM 2025 सफल बनाउन साथ दिने सबै साझेदार र सहभागीहरूप्रति आभार व्यक्त गरे।
परिचयात्मक भ्रमण
कार्यक्रमको पूर्वसन्ध्यामा मे ३० देखि जुन २ सम्म आयोजित परिचयात्मक भ्रमणमा अन्तर्राष्ट्रिय अतिथिहरूले काठमाडौं, चितवन, पोखरा, पनौती, र धुलिखेल जस्ता गन्तव्यहरूमा पुगेर नेपालका विविध अनुभवहरू अवलोकन गरे। यी यात्राहरूले नेपालको सांस्कृतिक सम्पदा, वन्यजन्तु, सामुदायिक पर्यटन, साहसिक, स्वास्थ्य र अध्यात्मिक अनुभवहरूलाई प्रत्यक्ष रूपमा अनुभूत गराए।
कन्फेरेन्स र बीटुबी मार्ट
जुन ३, २०२५ मा आयोजित HTM सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्लेषकहरूले आध्यात्मिक, साहसिक, विलासी पर्यटन, सांस्कृतिक बौद्धिकता र समझदारी, दिगोपन, बजार प्रवृत्ति, र विश्व पर्यटनको उदाउँदो अवसरहरूमा विचार आदान प्रदान गरे।
जुन ४ र ५ मा आयोजित B2B सत्रमा २१ स्रोत बजार राष्ट्रका ६० भन्दा बढी अन्तर्राष्ट्रिय क्रेताहरु र ६ वटा गन्तब्य मुलुकका राष्ट्रका ७० भन्दा बढी बिक्रेताहरू बीच २१०० भन्दा बढी पूर्व-निर्धारित व्यवसायिक बैठकहरू सम्पन्न गराउनुका साथै केही नयाँ पर्यटन साझेदारीहरूलाई समेत
सृजित गरेको छ।
नेटवर्किङ र सामाजिक कार्यक्रमहरू
HTM अवधिभर साझेदार होटल तथा रिसोर्टहरूले आयोजना गरेका विभिन्न साँझका कार्यक्रमहरूले अतिथिहरूलाई नेपाली सांस्कृतिक वातावरणमा आत्मीयता पूर्वक स्वागत गर्दै आपसी चिनजान र सम्बन्ध विस्तारको अवसर प्रदान गरे। यस्ता कार्यक्रमहरू Banbas, Landmark Hotels & Resorts, Bagaicha Adventure Resort, Jungle Safari Lodge, Hotel Jungle Crown, Royal Tiger Luxury Resort (Chitwan), Majestic Lake Front Hotel & Suites, Hotel Sarowar (Pokhara), र Holiday Inn Resort Kathmandu Budhanilkantha को आथित्यता र सौजन्यमा आयोजना गरिएका थिए।
समापन समारोह
HTM 2025 को समापन काठमाडौंको Lord of the Drinks (LOD) मा एक भव्य उत्सवसँगै सम्पन्न भयो, जहाँ अन्तर्राष्ट्रिय प्रतिनिधि र नेपाली पर्यटन व्यवसायीहरूबीच संगीत, नृत्य र मित्रता सँगैको साँझले नेपालको अतिथि सत्कारको गहिरो छाप प्रस्तुत गर्यो।
सहयोगी संस्था र साझेदारहरू
HTM 2025 मा विभिन्न सरकारी तथा निजी क्षेत्रका संस्थाहरूको उल्लेखनीय सहयोग प्राप्त भयो:
• आयोजक साझेदार: नेपाल पर्यटन बोर्ड
• आधिकारिक एयरलाइन: नेपाल वायुसेवा निगम
• आधिकारिक होटल तथा कार्यक्रम स्थल: द सोल्टी काठमाडौं
• ग्लोबल पेमेन्ट पार्टनर (Powered by): VISA
• कम्युनिकेशन पार्टनर (Connected by): Ncell
• हेल्थ पार्टनर: CIWEC Hospital & Travel Medicine Center
• अन्तर्राष्ट्रिय एयरलाइन पार्टनर: टर्किश एयरलाईन्स
• घरेलु एयरलाइन पार्टनर: बुद्ध एयर
• Spiritual Experience Partner: मनकामना केबलकार
• Adventure Partner: HighGround Adventures Nepal
• २४/७ Assistance Partner: Alpine Rescue Service
• Sustainability Partner: Sustainable Tourism Project (STP)
• New Featured Destination: जुगल गाउँपालिका
• Association Partner: Global Association of Events and Hospitality Professionals (GAEHP)
• Partners in Transformation: Import Promotion Desk (IPD)
• Conservation Partner: WWF Nepal
• International Media Partner: Travel and Tour World (TTW)
• Supporting Partners: Lord of the Drinks (LOD), Amaya Sojourns, Going Nepal, Carlsberg
• Professional Congress Organizer (PCO): Event Solution
• Creative Partners: Samma Arts, Anigraphy Studio
• Premium Hospitality Partner: Hilton Kathmandu
• Hospitality Partners: Kantipur Temple House, Kantipur Village, Barahi Hospitality & Leisure, Bagaicha, Hotel Crowne Imperial, Hotel Moonlight Kathmandu, Manang Hotel & Spa, Holiday Inn Resort Kathmandu Budhanilkantha, Banbas, Landmark Hotels & Resorts, Bagaicha Adventure Resort, Jungle Safari Lodge, Hotel Jungle Crown, Royal Tiger Luxury Resort, Temple Bell Boutique Hotel & Spa, Majestic Lake Front Hotel & Suites, Temple Himalaya Hotel & Spa, Hotel Sarowar।
विश्वभरका सहभागीहरू, साझेदार संस्थाहरु र सरोकारवालाहरुबाट अत्यधिक प्रशंसा प्राप्त गर्दै, HTM २०२५ ले हिमालयको मुटुमा रहेको एक लचिलो, नवप्रवर्तनशील र सहयोगी पर्यटन केन्द्रको रूपमा नेपालको स्थितिलाई पुन: पुष्टि गरेको छ। “हिमाल, उपलव्धिहरू र गति” को भावना आगामी दिनहरूमा नेपालको पर्यटन विकासको मूल प्रेरणास्रोत बनी रहनेछ।