सुनको मूल्य बढ्यो, चाँदीकाे भने घट्याे

काठमाडौं । जेठ २९ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिन देखि सुनको मूल्य उच्च वृद्धि भएको छ ।
यस दिन चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।