आठ वटा वित्तीय संस्थाहरु गाभिएर चार वटामा झरे |
काठमाडौं । देव विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंक गाभिएर सोमबारबाट एकिकृत कारोबार शुरु गरेका छन् । एकिकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले गरेका छन् ।
यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गरेको जेविल्स फाइनान्ससँगको एकिकृत कारोबार पनि सोमबारबाट शुरु भएको छ । काठमाडौंको न्यूरोडमा रहेको जेबिल्सको एक मात्र कार्यालयमा इन्भेष्टमेन्ट बैंकको वोर्ड राखेर कारोबार शुरु गरिएको हो ।
यसैगरी तिनाउ मिसन डेभलपमेन्ट बैंकको पनि मंगलबारबाट एकिकृत कारोबार शुरु भएको छ । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक गाभिएर एकिकृत कारोबार शुरु भएको हो ।
साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी एकिकृत कारोबार शुरु गरेको छ । प्राप्तिपछि नाम साधना लघुवित्त वित्तीय संस्था कायम गरिएको छ ।


