नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंक लि.का प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द मिति २०८२/०२/१३ देखी लागू हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
यस नियुक्तिसंगै, आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख संचालन अधिकृतको समेत जिम्मेवारी सम्हालेका छन् ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।