हाम्रा समर्थकलाई नाकामा अनावश्यक सोधपुछ भइरहेको छ: राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पक्षधरहरू आन्दोलनमा सहभागी हुन आउने क्रममा विभिन्न नाकामा अवरोध भइरहेको आरोप लगाएको छ ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत विभिन्न भूगोलबाट काठमाडौं आइरहेका आफ्ना समर्थकहरूलाई नाकामा अनावश्यक सोधपुछ गर्ने काम भइरहेको बताएका हुन् ।
‘राजसंस्था पक्षधरहरूको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाडौं आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सूचना आएको छ,’ श्रेष्ठले भनेका छन् ।
साथै, उनले त्यस्ता क्रियाकलाप नगर्न र सहज वातावरण बनाउन पनि प्रशासनको ध्यानाकर्षण गराएका छन् ।