कान्तिपुर फर्मास्यूटिकल्सको आइपिओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता

काठमाडौं । आइपिओ निष्काशनको पाइपलाइनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ।
कान्तिपुर फर्मास्यूटिकल्सले आइपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।
६३ करोड चुक्तापुँजी भएको सो कम्पनीले अंकित मूल्य रू १०० मा १७ लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ।
सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले भेटेरिनरी सम्बन्धी औषधिहरूको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गरिरहेको छ।
हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ। जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ। अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।