सिटिजन्स बैंक र लोमस डिजिटलबीच सहकार्य
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र उत्तरढोका, काठमाडौंस्थित लोमस डिजिटल प्रा.लि.बीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले Whirlpool र KitchenAid ब्रान्डका उत्पादनहरूमा आकर्षक छुट पाउने भएका छन्।
बैंकले डिजिटल कारोबारको प्रवर्द्धन गर्दै ग्राहकलाई नगद कारोबारको साटो डिजिटल माध्यमको उपयोग गर्न उत्प्रेरित गर्न यस्तो सहकार्य गरेको जनाएको छ। सम्झौतासँगै ग्राहकलाई उपभोक्तामैत्री सुविधा प्रदान गर्न र डिजिटल बैंकिङ्गको प्रभावकारिता बढाउने उद्देश्य लिएको बैंकको भनाइ छ।
सहकार्यबाट बैंकका हजारौं ग्राहकले दैनिक आवश्यकताका सामानमा डिजिटल भुक्तानीमार्फत विशेष छुट प्राप्त गर्ने छन्। सिटिजन्स बैंकले समयानुकूल ग्राहकको रोजाइ र प्रविधिको प्रवृत्तिलाई ध्यानमा राख्दै डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्दै आएको जनाएको छ।
बैंकले विगतमा पनि विभिन्न सेवाग्राही संस्था र व्यवसायसँग सहकार्य गर्दै छुट, सहुलियत तथा सेवा पहुँच विस्तारमा जोड दिँदै आएको छ। यस पटकको साझेदारीले विशेषगरी गृह उपकरण खरिदमा छुट प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई सहज र प्रोत्साहन गर्ने उद्देश्य लिएको बैंकले स्पष्ट पारेको छ।



