टेलिकम कर्मचारी संगठनको महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन गर्दै १४ बुँदे प्रस्ताव पारित

काठमाडौं । “नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल नारासहित नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको १२औं महाधिवेशन भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय प्रशिक्षण केन्द्रमा भव्यता पूर्वक सम्पन्न भएको छ।
पूर्व संचारमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता, पोलिटब्युरो सदस्य रामेश्वर फुयाल, पेशागत महासंघ अध्यक्ष पूण्य प्रसाद ढकाल, टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, सञ्चालक सदस्य लोकबहादुर कटुवालको विशेष आतिथ्यमा महाधिवेशन उद्घाटन गरिएको थियो। कार्यक्रममा विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएका थिए।
७७ जिल्लाबाट प्रतिनिधिहरूको सहभागितामा सम्पन्न महाधिवेशनले संगठन, कर्मचारी तथा सेवाग्राही हितका विषयमा गहन छलफल गर्दै भविष्यको कार्यदिशा तय गर्ने निर्णय गरेको छ। महाधिवेशनबाट मणिकुमार पोखरेलको अध्यक्षतामा ४१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित भएको छ। समितिमा वरिष्ठ उपाध्यक्षमा आनन्द पौडेल, महासचिवमा गोबिन्द ढुंगाना, कोषाध्यक्षमा मेघराज पोखरेललगायत विभिन्न पदमा पदाधिकारीहरू चयन भएका छन्।
महाधिवेशनले कम्पनीको व्यावसायिकता अभिवृद्धि, सेवा सुविधाको सुनिश्चितता, श्रम अधिकार संरक्षण तथा कर्मचारीको वृत्ति विकासका लागि संगठन अझ सशक्त ढंगले क्रियाशील रहने प्रतिबद्धता जनाउँदै १४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो।