दोर्दी खोला जलविद्युतको हकप्रद सेयर बाँडफाँट, अवितरित १९ लाख ४६ हजार कित्ता सेयर लिलामीमा आउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८५ लाख ९५ हजार ९२८ कित्ताका लागि मात्र आवेदन परेको छ ।
यसआधारमा १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ । कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।
सो समयमा नबिकेपछि कम्पनीले पुनः वैशाख १२ गतेदेखि १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।