एससीटी र सालपा विकास बैंकबीच ‘एससीटी–यूपीआई कार्ड’ जारी गर्ने सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सालपा विकास बैंक लिमिटेडबीच ‘एससीटी–यूपीआई कार्ड’ जारी गर्न सम्झौता भएको छ ।
२३ वैशाखमा एससीटीको कार्यालयमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापछि सालपा विकास बैंकका ग्राहकका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको र ग्राहकले आउने दिनमा सजिलै बैंकबाट आफ्ना लागि एससीटी–यूपीआई कार्ड लिन सक्ने प्रयत्न गरिएको स्मार्ट च्वाइस टेक्नोलोजिजले जनाएको छ ।