एलआइसी नेपालको बोनस सेयर घोषणा

काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । एलआइसी नेपालको बुधबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम ५ अर्ब रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस सेयर घोषणा गरेको हो । प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा प्राधिकरण र एलआइसी नेपालको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने छ ।