जेठका लागि बैंकहरूको नयाँ ब्याजदर, १४ बैंकको यथावत, तीनले घटाए
काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् ।
तीन बैंक नेपाल, एभरेस्ट र सानिमाले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन् । तीन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले सामान्य घटाएका छन् ।
समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ ।
अधिक तरलता भएर राष्ट्र बैंकले खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका हुन् ।
केही बैंकलाई पूँजी कोषको दवाव छ भने केहीलाई पर्याप्त रकमका कारण लागत घटाउनुपर्ने दवाव छ । केही बैंकमा कर्जाको माग बढेको छ भने केहीमा माग नै छैन । यिनै विषयलाई मध्यनजर गर्दै बैंकले आफ्नो रणनीतिअनुसार जेठ महिनाका लागि ब्याजदर तय गरेका हुन् ।
जेठ महिनामा व्यक्तिगत मुद्दतीमा बैंकले तोकेको अधिकतम ब्याजदर
| बैंक | ब्याजदर %, जेठ | ब्याजदर %, वैशाख |
| नेपाल | ५.४५ | ५.१५ |
| एसबीआई | ५.५ | ५.५ |
| हिमालयन | ५.५ | ५.५ |
| इन्भेस्टमेन्ट मेगा | ५.५ | ६.५ |
| कृषि विकास | ५.५१ | ५.५१ |
| सिटिजन्स | ५.६५ | ५.६५ |
| लक्ष्मी सनराइज | ५.७५ | ५.७५ |
| नबिल | ५.७५ | ५.७५ |
| सिद्धार्थ | ५.७५ | ६ |
| कुमारी | ५.९१ | ५.९२ |
| ग्लोबल आईएमई | ६ | ६ |
| माछापुच्छ्रे | ६ | ६ |
| राष्ट्रिय वाणिज्य | ६ | ६ |
| प्रभु | ६.१ | ६.१ |
| प्राइम कमर्सियल | ६.२५ | ६.२५ |
| स्टान्डर्ड चार्टर्ड | ६.२५ | ६.२५ |
| सानिमा | ६.३३ | ५.९५ |
| एनएमबी | ६.६ | ६.६ |
| एनआईसी एसिया | ६.६ | ६.६ |
| एभरेस्ट | ६.६४ | ६.६१ |

