बजाजको ‘खुसीको मिटर’ क्याम्पेनः विराटनगरका मोसीम आलमले जिते १ लाख नगद

काठमाडौँ । बजाज मोटरसाइकलका लागि नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सञ्चालन गरेको ‘खुसीको मिटर’ क्याम्पेन अन्तर्गत भाग्यशाली विजेता घोषणा गरेको छ। कम्पनीले वैशाख ३० मा लक्की ड्रमार्फत विराटनगरका मोसीम आलमलाई एक लाख नगद जित्ने भाग्यशाली विजेता घोषित गरेको हो।
देशभरबाट हजारौं ग्राहक सहभागी भएको यस डिजिटल क्याम्पेनमा उपभोक्ताहरूले रमाइलो गेमिङ अनुभव सँगसँगै बजाज मोटरसाइकल किन्दाको खुसीलाई डिजिटल माध्यममार्फत महसुस गर्ने अवसर पाएका थिए। विजेता आलमले १५० सिसीको पल्सर मोटरसाइकल खरिद गरेका थिए। उनी यस एण्ड ब्रदर्स अटो प्रा.लि. विराटनगरमार्फत क्याम्पेनमा सहभागी भएका थिए।
बजाजले यस क्याम्पेन अन्तर्गत सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत खेल्न मिल्ने डिजिटल गेमको माध्यमबाट उपहार जित्ने अवसर प्रदान गरेको थियो। ग्राहकहरूले टेस्ट राइडमार्फत पनि सहभागिता जनाउन पाएका थिए। खेल्ने सबै सहभागीलाई समान अवसर सुनिश्चित गर्दै पारदर्शी लक्की ड्र प्रणालीमार्फत विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले यो अभियान केवल प्रचार नभई, ग्राहकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले डिजाइन गरिएको बताए। “टेक्नोलोजीको प्रयोगमार्फत मोटरसाइकल किन्ने यात्रा रमाइलो बनाउने प्रयासमा ‘खुसीको मिटर’ क्याम्पेन सुरु गरिएको हो,” उनले भने।
विजेता मोसीम आलमले जीतप्रति खुसी व्यक्त गर्दै बजाज ब्रान्डप्रतिको विश्वास अझ बलियो भएको बताए। उनले भने, “सुरुमा पत्यारै लागेन, तर जब पुष्टि भयो, अत्यन्तै खुशी लाग्यो। यो उपहारले नयाँ वर्षको सुरुवातलाई विशेष बनाइदिएको छ।”