आजदेखि सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिन सकिने

काठमाडौं। सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा आज वैशाख ३० गते मंगलबारदेखि आवेदन दिन सकिनेछ । यस कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ ।
यस कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् । यो हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।