काठमाडौंमा जापानी विशेषज्ञता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न

काठमाडौं । काठमाडौंमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय नेल सेमिनारले जापानका पाँच प्रसिद्ध नेल आर्टिस्टहरू — हारु, मियानो, कानाको, माईको र ओकी — लाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीहरूसँग एउटै मञ्चमा ल्याउँदै नेल आर्ट क्षेत्रमा नयाँ उत्साह थपेको छ।
Pop Up Nepal Pvt. Ltd. द्वारा प्रस्तुत र Pretty Nails तथा The Nail Studio by Sirap द्वारा आयोजित यस सेमिनारको उद्देश्य नेपालमा नेल आर्ट उद्योगलाई विश्वस्तरीय प्रवृत्ति र प्रविधिबाट सशक्त बनाउनु थियो।
जापानी विशेषज्ञहरूको प्रत्यक्ष मार्गदर्शनमा सेमिनारमा जापानी नेल आर्ट शैलीको विस्तृत परिचयसँगै, सहभागीहरूले सफाइका मिहिन अभ्यासहरू, डिजाइनको सूक्ष्म तरिकाहरू र जटिल हस्तनिर्मित नेल स्टिकरहरू बनाउने सीपहरू सिके। तालिममा नेल तयारी, उपकरणहरूको स्याहार, डिजाइनको आधारभूत सीपदेखि लिएर उन्नत कार्यशालासम्म समेटिएको थियो।
अनु अमात्य, सिरापा तुलाधर र कपिल उप्रेतिको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले ज्ञान आदान–प्रदानका साथै सांस्कृतिक सम्वादको सेतुको रूपमा पनि काम गर्यो।
यस कार्यक्रममा Ayo (राइडिङ पार्टनर), MoleTole (फूड पार्टनर) र Prettyclick को विशेष सहयोग रहेको थियो।