सुनको भाउ बढ्यो, चाँदी भने घट्यो

काठमाडौं । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँ कायम रहेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको भाउ भने घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १९ सय १० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएको थियो ।