९ महिनामा सिटिजन्स बैंकको नाफा ९६ करोड

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा घटेपनि अन्य सूचक भने मझबूद देखिएका छन् ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.५९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद ब्याज अम्दानी ४ अर्ब २५ करोड ६० लाख रुपैयाँबाट बढेर ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा २८ प्रतिशतले घट्दा नाफा समेत असर परेको हो । यसअवधिमा बैंकको संञ्चालन नाफा १ अर्ब ८६ करोड रुपैयाँबाट घटेर १ अर्ब ३३ करोडमा पुगेको हो ।
कम्पनीको कुल सञ्चालन आम्दानी ३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रहेको छ भने जगेडा कोष सञ्चिति ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ रहेको छ । यता, खराब कर्जा भने ५.७१ प्रतिशत पुगेको छ ।
चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८.६८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ ।