हिमालयन बैंकको मुनाफा ७४.३३ प्रतिशतले घट्यो

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ७४.३३ प्रतिशतले थोरै हो । गत वर्ष यसले १ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्म यस बैंकले ७ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ८.०८ प्रतिशतले थोरै हो । गत वर्ष यसको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।
यता, बैंकको सञ्चालन नाफा भने ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ । यसको खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । हिमालयनको वितरणयोग्य नाफा भने ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक छ ।
हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसको जगेडाकोषमा २२ अर्ब ८३ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ०८ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा रहेको छ ।