कतार एयरवेजले दियो ‘फिफा यू–२० विश्वकप’ विजेता युक्रेन टोलीलाई बधाई |
काठमाडौं । फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाईन कतार एयरवेजले पोल्याण्डमा आयोजित फिफा यू–२० विश्वकप २०१९ प्रतियोगिता विजयी टोली युक्रेनलाई बधाई ज्ञापन गरेको छ ।
पोल्याण्डको लोजमा भएको रोमाञ्चक अन्तिम खेलमा युक्रेनले कोरिया गणतन्त्रलाई पराजित गर्दै विश्वकप ट्रफी हात पारेको थियो ।
जहाँ खेल पश्चात् मेडल तथा व्यक्तिगत पुरस्कार कतार एयरवेजका टोलीले हस्तान्तरण गरेका थिए ।
फिफा यू–२० विश्वकप २०१९ पोल्याण्डले आयोजना गरेको पहिलो फिफा प्रतियोगिता हो ।
यस अघि युक्रेनसँगको संयुक्त आयोजनामा युएफा युरो २०१२ तथा युएफा युरोपियन यू–२१ च्याम्पियनशिप गरी युएफा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु मात्र आयोजना गरेको थियो ।
फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाईनको रुपमा फुटबलको भविष्यको प्रतिभा प्रदर्शन गन कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत, अकबर अल बकरले बताए ।



