कुमारी बैंकको खुद नाफामा ७२.८५ को गिरावट

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ७२.८५ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोडबाट बढेर ५ अर्ब १६ करोड पुगेको छ ।
यता, खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त आम्दानी ८ अर्ब ४२ करोड थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा र ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको हो । चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको कुमारी बैंकको जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ जम्मा रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । प्रतिसेयर आम्दानी १.४५ रुपैयाँ रहेको कुमारीको प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ । यसको एनपीएल ४.९५ प्रतिशतबाट बढेर ६.९८ प्रतिशतमा पुगेको छ ।