न्युयोर्कमा वर्ल्ड नेपाली म्युजिक अवार्ड आयोजना गरिने |

अमेरिको न्युयोर्कमा वर्ल्ड नेपाली म्युजि भएको छ । १३ बिधामा प्रदान गर्न लागिएको ‘अवार्ड २३ नोभेम्बरमा न्युयोर्कमा हुने छ ।
यस अवार्ड नेपाली गीत संगीत क्षेत्रमा लागेका सर्जकहरुको प्रोत्साहन तथा सम्मानका लागि प्रदान गर्न लागिएको आयोजक वल्ड कनेक्सन युएस इन्कले जनाएको छ । १३ बिधामा प्रदान गर्न लागिएको ‘अवार्ड २३ नोभेम्बरमा न्युयोर्कमा हुने छ ।
अवार्ड कार्यक्रममा अनलाइन र प्रत्यक्ष फर्म भरेर सहभागिता जनाउन सकिनेछ । अर्वाडका लागि पाँच जना राष्ट्रिय अग्रज कलाकार जुरी छनौट गरिने आयोजक संस्थाका महासचित सुमन बुढा मगरले जानकारी दिए ।
नेपालमा कला क्षेत्रमा रहेका बिभिन्न ११ संघसंस्थाका अध्यक्षहरुबाट उत्कृष्ट १० छनौट गरिने आयोजकले बताएको छ । सेप्टेम्बर २९ बाट संसार भरीबाट भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरुलाई जुरीको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष मतबाट ४० प्रतिशत र सामाजिक सञ्जालबाट २० प्रतिशत जोडी १०० प्रतिशतमा उत्कृष्ट ३ हरेक बिधाबाट चुनिने बताइएको छ ।
बिधाहरु यसप्रकार रहेका छनː
१, उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला
२, भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला
३, आधुनिक गीतः पुरुष र महिला
४, लोक दोहोरी गीतः पुरुष र महिला
५, लोक गीतः पुरुष र महिला
६, गितकार
७, संगीतकार
८, म्यूजिक भिडियो निर्देशन
९, संगीत संयोजन
१०, लोपन्मुख गीतः पुरुष र महिला
११, पप गीतः पुरुष र महिला
१२, लोक गीत लय संकलक
१३, म्युजिक भिडियो मोडलः पुरुष र महिला