नेपाल लाइफ इन्स्योरेन्स दमौली शाखाद्वारा मृत्यु दाबी भुक्तानी |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको दमौली शाखाले दिएको जानकारी अनुसार कम्पनीले जन्डिस लागेर बिरामी भै उपचारको क्रममा मृत्यु भएका भानु ३, साँखुली निवासी टोप बहादुर थापाको श्रीमती भगवती थापालाइ रु २,१४,०६५ (रु. दुई लाख चौध हजार पैसट्ठी रुपैयाँ मात्र ) दाबी भुक्तानी गरेको हो।
कम्पनीले जेठ १६ गते एक कार्यक्रमका बिच बिमितको स्थाई घर रहेको स्थान भानु– ३, तनहुँमा निजकै घरदैलोमा गई बिमित/मृतक थापाकी धर्मपत्नी भगवती थापा लाइ सो दाबी भुक्तानी गरेको हो। मृतक थापाले मुक्तिनाथ विकास बैंक मार्फत नेपाल लाईफमा रु १८,११९/०० रकम बुझाएर २०१,०००/०० को जीबन सहारा जीवन बीमा गरे ।
सो कार्यक्रममा नेपाल लाईफ दमौली शाखाका शाखा प्रबन्धक बिष्णु बहादुर अधिकारी, मुक्तिनाथ विकास बैंक डुम्रेका शाखा प्रमुख इश्वर सापकोटा , मुक्तिनाथ विकास बैंक साना तथा लघु बैंकिंगका डुम्रे प्रमुख बेद प्रसाद ढकाल, तथा बैंकका कर्मचारी पुष्पराज जोशी स्थानिय जनता, मृतकका आफन्त, जनप्रतिनिधी तथा सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा नेपाल लाइफका दमौली शाखा प्रमुख बिष्णु बहादुर अधिकारी, मुक्तिनाथ बिकास बैंक का इश्वर सापकोटा तथा बेद प्रसाद ढकालले संयुक्त रुपमा मृतकपत्नी भगवती थापालाई दाबी रकम बापतको चेक हस्तान्तरण गरेका थिए ।
नेपाल लाईफ इन्स्योरेन्स दमौली शाखा प्रबन्धक अधिकारीले जीवन बीमामा मृत्यु हुदा एकमुष्ट रकम बोनस सहित फिर्ता हुने, अभिभावकको मृत्यु हुदा बच्चाको मासिक पढाई खर्च, किस्ता छुट साथै एकमुष्ट फेरी पढाई खर्च पाइने, केही नहुदा अवधि समाप्ति पछि एकमुष्ट बिमाङ्क रकम र बोनस पाईने विशेषता रहेको हुदा उपस्थित सम्पुर्ण महानुभावलाई जीवन बीमा गरी आर्थिक जोखिमबाट सुरक्षित हुन अपिल गरेका थिए । मुक्तिनाथ विकास बैंक डुम्रे शाखा प्रमुख इश्वर सापकोटाले मुक्तिनाथ विकास बैंकले नेपालका उत्कृस्ठ बीमा कम्पनीहरुसँग समन्वय गरी बीमाको सेवा सरल सहज रुपमा गाउँगाउँमा पुरयाउन साथै दावी भुक्तानी प्रकृयामा बीमितका हकवालालाइ सहयोग पुर्याएर महत्वपूर्ण योगदान दिएको बताए । मुक्तिनाथ विकास बैंकका साना तथा लघु बैंकिंग प्रमुख बेद प्रसाद ढकालले गाउँ गाउँमा घरदैलोमा गएर आफ्ना ग्राहकहरुलाई घरदैलोमै बीमा सेवा दिन, दावी पर्दा चाहिने कागजातहरु संकलन गर्न र छिटो भन्दा छिटो दावी प्रक्रिया अगाडी बढाउन महत्वपूर्ण सहयोग गर्ने गरेको साथै प्रतिमहिना आफ्ना सदस्य ग्राहकहरु संग भेट हुने भएकोले निजहरुको बीमाशुल्क संकलन गरी बीमा कम्पनीसम्म पुर्याउन बैंकको महत्वपूर्ण भूमिका रहेको जिकिर गरेका थिए ।
सो कार्यक्रममा बीमा गर्दा सजिलो तर लिन झन्झटिलो प्रक्रिया हुने हल्ला सुनेको भएता पनि त्यो सत्यता नरहेको यो मृत्युदावी बाट प्रष्ट भएको साथै घरदैलोमै आइ दाबी भुक्तानी गरेकोमा मृतकका आफन्तले सरल, सहजरुप एव छिटो बिमा रकम उपलब्ध गराएकोमा नेपाल लाईफलाई धन्यवाद दिएका थिए ।



