हिमालयन बैंकले बनाइदियो टिचिङ हस्पिटलका डाक्टरका लागि विश्राम कक्ष |
काठमाडौं । हिमालयन बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागि विश्राम कक्ष निर्माण गरिदिएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विश्राम कक्ष निर्माण गरिदिएको हो ।
बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयूक्तरुपमा विश्राम कक्षको उद्घाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका छन्।



