महालक्ष्मी विकास बैंक र ओम हस्पिटलबीच समझदारी, ग्राहकले छुट पाउने |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर प्रालिबीच समझदारी भएको छ ।
समझदारीपत्रमा बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक बाबुकाजी कार्की हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवा शुल्कमा छुट उपलब्ध हुने छ ।
सामान्य स्वास्थ्य परीक्षण, प्याथोलोजी, रेडियोलोजी, अल्ट्रासाउन्ड, मेमोग्राम, इसीजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, दन्तसेवा, शल्यक्रिया लगायत बेड चार्जमा बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।



