नेपाल बङ्गलादेश बैंकको विद्यालयलाई सहयोग |
काठमाडौं । नेपाल बङ्गलादेशल बैंकले वडा नं ११ बेसिशहर, चिति, कार्कीडाँडा, लमजुङ्ग स्थित श्री लोकराज आदर्श माध्यमिक विद्यालयलाई चार लाख पचास हजार रुपैयाँ बराबरको बिज्ञान प्रयोगशालाका सामाग्रीहरु र ४ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
बैँकका सहायक महाप्रबन्धक सलोनिका सिँहले विद्यालयका प्रधानाध्यापक रमेशवावु बिष्टलाई सहयोग सामाग्रीहरु हस्तान्तरण गरे ।
बैंकले समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको बताएको छ ।



