हिमालयन लाइफको सञ्चालकमा ढकाल नियुक्त

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा आशिष ढकाल नियुक्त भएका छन् । ढकाललाई सर्वसाधारण समूह तर्फको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ।
कम्पनी सञ्चालक समितिको फागुन २ गते अर्थात शुक्रबार दिउँसो २ बजे केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौँमा बसेको बैठकले ढकाललाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिए ।