वित्तीय क्षेत्रको पहुँच र कारोबारमा उल्लेख्य सुधार |
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वित्तीय क्षेत्रको पहुँच र कारोबारमा उल्लेख्य विस्तार भएको आर्थिक वर्ष २०७५∕७६ को आर्थिक सर्वेक्षणले देखाएको छ । यस अवधि सम्ममा १७५ बैंक तथा वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । आर्थिक सर्वेक्षणको प्रतिबेदन अनुसार चैत मसान्त सम्ममा २८ बाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी तथा ९१ लघुवित्त संस्थाहरु संचालनमा छन् ।
वित्तीय प्रणलीको कुल सम्पत्तिरदायित्व संरचनामा बैंकिङ्ग उल्लेख रहेको छ । २०७५ पुस मसान्त सम्ममा बैंक तथा वित्तीय क्षेत्रको मात्रै ८७।३ प्रतिशत योगदान छ । वित्तीय क्षेत्र अन्र्तगत राष्ट्र बैंकको १८।५ र बाणिज्य बैंकहरुको योगदान ५६.७ प्रतिशत रहेको छ ।
२०७५ फागुनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप तरल सम्पतिको अंश २२.५६ प्रतिशत, नगद तथा मौज्दातको अंश १०.३५ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पूँजीमा कुल कर्जाको अंश ८०.५७ प्रतिशत रहेको सर्वेक्षण प्रतिबेदनमा उल्लेख छ ।
मर्जर तथा प्राप्त नीति कार्यान्ववयनमा आएपछि चैत मसान्त सम्ममा १६५ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा आएका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विस्तार भई २०७५ फागुन सम्म ४ हजार ७०१ पुगेको छ ।
सबै भन्दा धेरै प्रदेश नम्बर ३ मा एक हजार ५०६ र सबै भन्दा कम कर्णाली प्रदेशमा १७८ शाखा संख्या रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
Visited 2 times, 1 visit(s) today


