एनआईसी एशिया बैंकको महोत्तरीमा शाखारहित बैंकिङ सेवा |
काठमाडौं । एनआईसी एशिया बैंकले महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ३, रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याइएको छ ।
सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेकबन्धु न्यौपानेले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेशकुमार यादव नियुक्त भएका छन् ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । बैंकका अनुसार सेवाबाट स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तै ː टेलिफोन, मोबाइल, एडीएसएल, डिसहोम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।
बैंकका देसभरि २८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ ईकाइ छन्।
Visited 1 times, 1 visit(s) today


