पहिरोले पर्वतका ८ घर विस्थापित |
पर्वत (आपास) । गत शनिवार राति परेको वर्षासँगै गएको पहिरोमा परी पर्वतको महाशिला गाउँपालिका–५, लुङ्खुदेउरालीमा रहेको एक बस्ती नै विस्थापित हुन पुगेको छ ।
पर्वत (आपास) । गत शनिवार राति परेको वर्षासँगै गएको पहिरोमा परी पर्वतको महाशिला गाउँपालिका–५, लुङ्खुदेउरालीमा रहेको एक बस्ती नै विस्थापित हुन पुगेको छ ।
तनहुँ (आपास) । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको विभिन्न सरकारी तथा निजीसमेतको गरी झण्डै नेपाल ३५ लाख ९५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी रहेको छ ।
जनकपुरधाम (अस) । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ट्राफिक कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयले नियमविपरीत चलाउने सवारीसाधनका कारण बढ्दो सडक दुर्घटना रोक्न तथा व्यवस्थित पार्किङका लागि विशेष कारबाही शुरू गरेको हो ।
सुर्खेत । भारत–नेपाल–चीन (तिब्बत) जोड्ने त्रिदेशीय सडक निर्माणमा कर्णाली प्रदेश सरकारले बेवास्ता गरेको छ । प्रदेश सरकारले हालै ल्याएको बजेटमा सामरिक तथा व्यापारिक दृष्टिकोणले समेत महŒवपूर्ण मानिएको चिसापानी–गुटु–मङ्गलसेन सडकलाई सम्बोधन नै गरिएको छैन ।
सल्यान । सल्यानको एक विद्यालयले प्रतिविद्यार्थी ३ सय रुपैयाँ उठाएर विद्यार्थीहरूलाई स्कूलमै खाजा खुवाउन थालेको छ । छत्रेश्वरी गाउँपालिका– ५, लेखपोखरास्थित कालिका प्राथमिक विद्यालयले बाँकी पैसा विद्यालयले नै जोहो गरेर दिवा खाजा खुजाउन शुरू गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि ११९ सदस्यीय जम्बो टोलीका साथ छिमेकी मुलुक चीनको ६ दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्रीको निमन्त्रणामा प्रम ओली आज बिहान ८ः३० बजे हिमालयन एयरलाइन्सको विमान चार्टर गरी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
काठमाडौं । नेपाल र जापानबीच हालै हवाई उडानसम्बन्धी सम्झौतामा पुनरवलोकन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारी र जापानी उड्ययन अधिकारीबीच भएको वार्तापछि सम्झौता पुनरवलोकन भएको मन्त्रालयले जानकारी दिएको हो ।
काठमाडौं । नयाँ विमान भित्र्याउने तयारीमा रहेको नेपाल वायु सेवा निगमले असार ११ गते नै नयाँ विमान काठमाडौं आइपुग्ने बताएको भएको छ । निगमले ल्याउन लागेका दुईवटा एयरबसमध्ये २५० सिट क्षमताकोे एयरबस काठमाडौं आइपुग्न लागेको हो ।
काठमाडौं (आपास) । नेपाल आयल निमगले डिजेल, मट्टीतेल र पेट्रोलको मुल्य घटाएको छ । निगमले अन्न्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि पेट्रोलमा लिटरमा तीन रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई, दुई रुपैयाँ मूल्य घटाएको हो ।
काठमाडौं । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम शुरु गरेको नेपाली सेनाले नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाएको छ ।