आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा

आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा

काठमाडौं । शुक्रबारबाट आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा आएको छ । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले उक्त आइफोन सार्वजनिक गरेको हो ।

मूल्य कति ?

६४ जिबी आइफोन एघारको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ पर्छ । १ सय २८ जिबीको १ लाख अठार हजार तीन सय छ। २ सय ५६ जिबीको मूल्य १ लाख ३४ हजार पर्ने कम्पनीले बताएको छ । यो आइफोन कालो, सेतो, पर्पल, हरियो, पहेलो र रातो कलरमा प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी, आइफोन प्रो ६४ जिबीको १ लाख ५७ हजार दुई सय ५० रुपैयाँ पर्छ । २ सय ५६ जिबीको १ लाख ८० हजार ९ सय रुपैयाँ पर्छ । पाँच सय १२ जिबीको दुई लाख ११ हजार ८ सय रुपैयाँ पर्छ। यो फोन सिल्भर, ग्रे, सुन कलरमा प्राप्त गर्न सकिन्छ। यस्तै, आइफोन एघार प्रो म्याक्सको ६४ जिबीको मूल्य १ लाख ७२ हजार ८ सय पर्छ ।

२ सय ५६ जिबीको १ लाख ९६ हजार ६ सय पर्छ । पाँच सय १२ जिबीको मूल्य दुई लाख २७ हजार ४ सय रुपैयाँ पर्छ । यो फोन पनि सिल्भर, ग्रे, सुन र मत्थर हरियो कलरमा पाइने कम्पनीले बताएको छ ।

कम्प्नीले एप्पलका उत्पादनमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र खरिद गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय