एसएमएल इसुजुका ग्लोवल सिरिजका ट्रक तथा टिपरहरु सार्वजनिक

एसएमएल इसुजुका ग्लोवल सिरिजका ट्रक तथा टिपरहरु सार्वजनिक
काठमाडौं । लक्ष्मी कमर्शियल भेइकल (पहिले गोल्ड फिश इन्टरनेशनल) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोवल सिरीजको ट्रक र टिपर बजारमा ल्याएको छ । 
 
लक्ष्मी गु्रपको सहायक कम्पनी लक्ष्मी कमर्शियल भेइकल नेपालको लागि एसएमएल इसुजु सवारी साधनहरुको अधिकृत वितरक हो । कम्पनीले नेपालभर ग्राहकहरुलाई उत्कृष्ट विक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ ।
 
 
कम्पनीले जीएफआई सर्भिसेजको नाममा आज काठमाडौंको नैकाप गुर्जुधारा स्थित एसएमएल इसुजु फ्ल्यागसिप थ्रीएस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । उक्त सेवा केन्द्र १,००,००० वर्ग्फिट क्षेत्रमा फैलिएको छ ।
 
उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पीडीआई केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ । 
 
 
यस थ्रीएस सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्थाले राम्रोसँग सुसज्जित छन । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरुको सेवा प्रदान गर्दछ ।
 
आज उक्त कार्यक्रममा कम्पनीले नेपाली बजारका लागि सबैभन्दा धेरै प्रतिक्षा गरिएको नयाँ ग्लोवल सेरिज ट्रक र टिप्पर पनि अनावरण गरेको छ । 
 
 
नयाँ सुरुवात इसुजु डिजाइनको फिलोसोफीमा आधारित छ, जसको नाम ग्लोवल सेरिज रहेको छ । नयाँ ट्रक र टिप्पर यस्तो डिजाइनमा तयार परिएको छ, जुन आधुनिक अन्तर्रा्ष्ट्रिय स्तरको प्रतिक हो । इसुजुको ग्लोवल अनुभव र जापनिज प्रविधिको मिश्रण गरिएको छ जुन नेपाली ग्राहकहरुको चाहना र आवश्यकता अनुरुप अपनाइएको छ । 
 
सबै नयाँ सर्वश्रेष्ठ श्रृङ्खला, इन्धन वर्गमा दक्षता, ड्राइभरको आराममा वृद्धि, राम्रो ड्राइभिलिटी उच्च विश्वसनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्दछ ।
 
लक्ष्मी कमर्शियल भेइकलले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक÷निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइसकेको छ  । 
 
 
लक्ष्मी ग्रुप एक प्रतिष्ठित स्तरको उत्पादन र ट्रडिङ हाउस हो जसको नाममा विभिन्न कम्पनीहरु समावेश छन् । अटोमोबाइल क्षेत्रमा विशिष्ट पहिचान सृजना गर्ने क्रममा यसले धेरै वर्ष पहिले देखि अटोमोटिभ डिभीजन शुरु गर्यो ।
 
एसएमएल इसुजु पीएस जपानिज मल्टी नेशनल सुमितोमो कर्पोर्रेशन –इसुजु मोटर बीचको संयुक्त लगानीयुक्त कम्पनी हो । 
 
यसले ग्राहकहरुको आवश्यकता पुरा गर्ने उद्देश्यले ३३ वर्ष अघिदेखि हलुका र मध्यम व्यापारिकरनिजी सवारीसाधनहरु उत्पादन वा उत्पादन प्रविधिमा मात्र केन्द्रित नभएर संगठन भित्र पनि नयाँ संस्कृती र मुल्य प्रणालीको निर्माण गर्दै आएको छ, जसको कारण कम्पनीलाई विश्वासका साथसाथै अघि बढ्न पनि मद्दत पुगेको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय