‘रियल स्कूल अफ नेपाल २०१९’ ː काठमाडौंको ज्ञानकुञ्ज स्कूल विजयी

‘रियल स्कूल अफ नेपाल २०१९’ ː काठमाडौंको ज्ञानकुञ्ज स्कूल विजयी
काठमाडौ । ‘रियल स्कूल अफ नेपाल २०१९’ अन्तर्गत तेस्रो क्षेत्रीय फाइनल काठमाडौ पश्चिममा कात्तिक ५मा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय ज्ञानकुञ्ज उच्च माध्यामिक विद्यालय घोषित भएको छ । 
 
 विजयी विद्यालयका सहभागी विद्यार्थीहरु रोबिन्स खनाल, प्रेजु खनाल, निशन्त आचार्य, सुनिम भण्डारी, रिजन सारु, र जिडान तामाङ हुन् । 
 
यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१९ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।
 
यससँगै, प्रतियोगिताका तेस्रो क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा अन्त्य भएको छ । अब चौथो क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा नवेम्बर २२मा ललितपुरमा हुनेछ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय