नबिल बैंकको हिरो अफ नेपाल सिरिजमा निर्मल पूर्जा

नबिल बैंकको हिरो अफ नेपाल सिरिजमा निर्मल पूर्जा
काठमाडौं । नबिल बैंकको हिरो अफ नेपाल सिरिजमा निर्मल पूर्जा छानिएका छन् । पूर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कामय गरेका थिए । त्यसैले उनलाई बैंकले हिरो उपाधी दिएको हो । यो सँगै प्रोत्साहनस्वरुप उनलाई ७ लाख रुपैयाँ समेत प्रादन गरिएको छ ।
 
समाजमा जहिले पनि पुरानै अनुहारलाई राष्ट्रिय हिरोका रुपमा मान्नुपर्ने अवस्थामा बैंकले नयाँ हिरो खोजी गर्ने क्रममा निर्मललाई नबिल हिरो बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।
 
आगामी दिनमा बैंकले समाजमा प्रोत्साहनमुलक काम गर्ने नेपाली नागरिकलाई प्रोत्साहन गर्दै हिरो घोषणा गर्दै जाने समेत घोषणा गरे ।
 
नबिल बैंकले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्दै हिमाल आरोहणका क्रममा मृत्यु भएका अभिभावकका १५ छोराछोरीलाई छात्रावृति दिने घोषणा समेत गरेको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय