बीमा क्षेत्रमै सर्वाधिक कर तिर्ने नेपाल लाइफले पायो सम्मानपत्र, झण्डै ५४ करोड आयकर बुझायो

बीमा क्षेत्रमै सर्वाधिक कर तिर्ने नेपाल लाइफले पायो सम्मानपत्र, झण्डै ५४ करोड आयकर बुझायो

काठमाडौं । निजीक्षेत्रबाट सञ्चालित जीवन बीमा कम्पनीहरूमध्ये झण्डै एकतिहाइ बजार हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सम्मानित भएको छ । आर्थिक वर्ष २०७४∕७५ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो । 

कम्पनीले झण्डै ५४ करोड रुपैयाँ आयकरबापत दाखिला गरेको हो । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आज मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरेका छन् ।

सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले नेपालको बीमा व्यवसायमा सबैभन्दा अगाडि बढ्दै सबैभन्दा बढी राजस्व दाखिला गरी सम्मानित हुन पाएकोमा अत्यन्तै खुशी तथा गौरव महसुस भएको बताए । प्रमुख कार्यकारी अधिकृत झाले भने, ‘यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन हौसला मिलेको छ ।’

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल, राजस्व विभागका सचिव  शिशिरकुमार ढुंगाना, राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाको उपस्थिति रहेको थियो ।

 

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय