सिभिल बैंकको नाफामा सामान्य गिरावट

सिभिल बैंकको नाफामा सामान्य गिरावट
काठमाडौ । सिभिल बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा १५ करोड ८९ लाख ५० हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा बैंकले १८ करोड ५० लाख मुनाफा आर्जन गरेको थियो । सिभिलको मुनाफा गत आर्थिक वर्षको यस अवधिको तुलनामा १४.१० प्रतिशत कम हो । 
 
यस अवधिमा बैंकले  खुद ब्याज आम्दानी ६० करोड  २९ लाख ३८ हजार आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा २ करोड २७ लाखले बढी हो। यस अवधिमा बैकले ४२ अर्ब ९१ करोड निक्षेप संकलन गरि ४४ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ ।  
 
यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ६० करोड २२ लाख रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ३।०६ बाट घटेर २.९३ प्रतिशतमा झरेको छ । त्यस्तै कर्जा निक्षेप अनुपात ७७.०९ प्रतिशत छ भने आधार ब्याज दर ११.११ प्रतिशत रहेको छ ।
 
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ७ रुपैयाँ ९४ पैसा, नेटवर्थ प्रति सेयर १२८ रुपैयाँ ७७ पैसा, मुल्य आम्दानीको अनुपात १८ गुणा रहेको छ । 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय