तीज व्यापार मेला शुरु

तीज व्यापार मेला शुरु
काठमाडौं । नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्धारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आजदेखि शुरु भएको छ । 
 
राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा भोलीसम्म आयोजना हुने सो मेलाको प्रदेश ३ सांसद एंव पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्दै महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाउनका लागि महिला चेम्बरले सहयोग गर्नुपर्ने बताइन्  । उनले महिलाहरुले पनि आफू उद्यममा लाग्न आफै क्रियाशिल हुनुपर्ने बताइन् ।
 
 
उद्घाटन कार्यक्रममा चेम्बरका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला चेम्बरले गरेको कार्यले महिला तथा उद्योमीको लागि थप भूमिका खेलेकोमा जोड दिए । उनले यस्तो मेलाले महिलामा थप ऊर्जा मिल्ने अपेक्षा गरे । कार्यक्रममा महिला चेम्बर अफ कमर्शका अध्यक्ष उर्मीला श्रेष्ठले महिला शसक्तिकरणका लागि यो दोस्रो मेलाको आयोजना गरिएको जानकारी दिइन । 
 
मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म∕कम्पनी, संघ–संस्थाहरूको स्टलद्धारा सहभागिता छ । यो मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्राङगारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण रहेको चेम्बरले जनाएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय